एमालेको बैठक बस्दै, तीन प्रतिवेदनमाथि छलफल हुने काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ। दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङकाअनुसार केन्द्रीय कमिटी बैठक बस्नुअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ। बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्ताव र संगठनविभाग प्रमखु विष्णु पौडेलको विधान संशोधन प्रस्तावलाई एकरुपता दिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्