विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार दिइने काठमाडौं। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार दिन पहल गर्ने भएको छ। न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार दिन पहल गर्ने जनाएको हो। संविधानले दिएको अधिकारको प्रयोग गर्दै विदेशमा रहेका नेपालीहरू समेत मतदानमा सहभागी हुन सम्भव भएको भन्दै २०७४ चैतमा सर्वोच्च अदालतले सरकारका नाममा दिएको निर्देशनात्मक आदेश दिए पनि कार्यान्वयनमा आएको थिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्