सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे छानबिन गर्ने काठमाडौं। अघिल्लो सरकारको पालामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे छानबिन हुने भएको छ। छानबिनका क्रममा दोषी देखिएका व्यक्ति–संस्थाउपर कानुनी कारबाही अगाडि बढाउने वर्तमान सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा उल्लेख छ। कोभिड–१९ को सम्भावित तेस्रो लहरबारे स्वास्थ्य सचेतना बढाउने, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने उल्लेख छ। कार्यक्रममा आवश्यक औषधीको आपूर्ति सुनिश्चित गर्ने उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्