चैत्र मसान्तसम्ममा सबैलाई खोप, नेपालमै भ्याक्सिन ल्याब स्थापना गरिने काठमाडौं। सरकारले असोजसम्ममा एक तिहाइ नागरिकलाई र चैत्र मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क कोभिड खोप लगाउने भएको छ। संयुक्त सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्ने उल्लेख छ। आइतबार सार्वजनिक गरिएको सरकारको साझा कार्यक्रममा अग्रस्थानमा रही सेवा प्रदान गर्ने राष्ट्रसेवक कर्मचारीहरूलाई आवश्यकताअनुसार व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउने भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्