सरकार निर्दलीय भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भयोः विमला राई पौडेल काठमाडौं। राष्ट्रियसभा सदस्य विमला राई पौडेलले दलको नभई स्वतन्त्र सांसदको मतले बनेकाले वर्तमान सरकार निर्दलीय रहेको बताएकी छन्। निर्दलीय सरकारलाई हरेक स्वतन्त्र सांसदको चित्त बुझाउनुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको उनले बताइन्। राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनले सत्तारुढ गठबन्धनले सरकार सञ्चालनका लागि बनाउन लागेको समान्तर उच्चस्तरीय संयन्त्रको विरोध गरिन्। प्रधानमन्त्री संविधानले नचिन्ने संयन्त्रप्रति नभई संसद्प्रति जिम्मेवार रहनुपर्नेमा उनको जोड थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्