द्वन्द्वपीडित शिक्षकहरुलाई तत्काल पुनर्वहाली गर्न माग काठमाडौं।राष्ट्रियसभा सदस्य महेशकुमार महराले द्वन्द्वपीडित शिक्षकहरुको तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन्।दशवर्षे जनयुद्धका क्रममा २३३ स्थायी, २८४अस्थायी,उमेरहद पार गरेका–मृत्युभएमा ४१ र स्थायी भएपनि हाजिरी हुन नपाएका १८ गरी ५७६ शिक्षकहरु सेवाबाट विस्थापित भएका उनको भनाई थियो। राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै महराले पुनर्वहालीका लागि ऐनमा व्यवस्था भई आयोग र जाँचबुझ समिति बनेपनि आजसम्म कार्यान्वयन नभएकाले तत्काल पुनर्स्थापना गर्न माग गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्