जमिनमाथि व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या अन्त्य हुँदैन : वामदेव गौतम काठमाडौं।नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व रहेसम्म रहेसम्म भूमिहीन सुकुम्बासीको समस्या समाधान नहुने बताएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै गौतमले जनतासँग भएको जमिन किनेर आफ्नो स्वामित्व ल्याउन सरकारलाई सुझाव दिए। हाल जनताको स्वामित्वमा रहेको करिब २६ लाख हेक्टर बस्न योग्य जमिन करिब ४०० खर्बमा बैंक ग्यारेन्टीमा किनेर सरकारी स्वामित्वमा लिई सरकारले आफ्नो योजनामा परिचालन गर्नुपर्नेमा उनको जोड थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्