ठाकुरपक्ष देश दौडाहामा, आजपनि चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुरपक्षले आजपनि चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै छ। हिजो झापा, धनुषा, पर्सा, कैलालीमा भेला गरेको उसले आज सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा भेला गर्न लागेको हो। सुनसरीमा डा.सुरेन्द्र झा,सर्लाहीमा राजेन्द्र महतो, रुपन्देहीमा सर्वेन्द्रनाथ शुक्ल तथा कञ्चनपुरमा चन्द्रकान्त चौधरीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिता दिएपछि महन्थ ठाकुरपक्ष देश दौडाहामा निस्किएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्