एमाले केन्द्रीय कमिटीको भोलिको बैठक स्थगित, सोमबार बस्ने काठमाडौं।नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सारिएको छ।आइतबारका लागि बोलाइएको बैठक सोमबारका लागि सारिएको हो। बैठक साउन २५ गते सोमबार ३ बजे तुल्सीलाल स्मृति भवन ललितपुरमा बस्ने एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार सोमबार नै बिहान ११ बजे स्थायी कमिटी बैठक पनि बस्नेछ। आन्तरिक गृहकार्य गर्नका लागि भोलिको बैठक पर्सीलाई सरेको तामाङले जानकारी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्