प्रधानमन्त्री देउवाको भिडियो सन्देशः सरकारको एक्लो प्रयासले मात्रै पुगेन सबै मिलेर महामारीविरुद्ध लडौं काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव नभएकाले सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताएका छन्।उनले नेपालमा कोरोना महामारीको तेस्रो लहर छिट्टै सुरु हुने लक्षण देखिएकोसमेत बताए।शनिबार एक भिडियो सन्देश जारी गर्दै देउवाले अत्यन्त आवश्यक परेका बेला मात्र घरबाहिर निस्कन, घरबाहिर निस्कदा मास्क लगाउन, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्