चार जिल्लामा महन्थ ठाकुर पक्षको कार्यकर्ता भेला काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले चार जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। शनिबार झापा, धनुषा, पर्सा र कैलालीमा आयोजना गरिएको भेलामा ठाकुरपक्षका शीर्षनेताले सम्बोधन गरेका थिए। निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेसँगै ठाकुर पक्ष जिल्लास्तरीय कार्यकर्ता भेलामा जुटेको हो। जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महन्थ ठाकुरले निर्वाचन आयोगले नदिएपनि आफूहरुलाई जनताले आधिकारिकता दिने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्