जनप्रतिनिधिहरुले भने: स्थानीय तहलाई प्रदेशको मातहत ल्याउने प्रावधान अस्वीकार्य काठमाडौं। स्थानीय तहका जनप्रतिनिधिहरूले स्थानीय तहलाई प्रदेशको मातहत ल्याउने प्रावधानसहित सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको सरकारको साझा न्यूनतम कार्यक्रम अस्वीकार्य भएको बताएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले शनिबार पत्रकार सम्मेलन गर्दै सो प्रावधानको बुँदा नहटाए कडा आन्दोलनमा जाने चेतावनी दिएका हुन्। कार्यक्रममा नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले स्थानीय सरकारलाई कमजोर बनाउने काम स्वीकार्य नहुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्