आफूहरूले पार्टीलाई नयाँ जीवन दिन चाहेको नेता नेपालको दाबी काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूले पार्टीलाई नयाँ जीवन दिन चाहेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित आफू पक्षीय जन वर्गीय संगठनको बेलामा बोल्दै अरूका अनुभवहरूलाई बेवास्ता गर्दै 'मै सब थोक सर्वज्ञानी हुँ' भन्ने अहंकार बढेर जाँदा पार्टीमा समस्या पैदा भएको उनको तर्क थियो। उनले पार्टीभित्र अहंकारका प्रवृत्तिहरू देखा परेका र सामूहिकताका भावनाहरू हराउन थालेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्