सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत माग्दै राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार ज्ञापन पत्र बुझाउँदै राणाले बाढीग्रस्त क्षेत्रमा जोखिम व्यवस्थापन, पुनर्निर्माण र पुनःस्थापनालगायतका सात बुँदे माग प्रस्तुत गरेका हुन्। विस्थापित परिवारहरूलाई पुनर्स्थापना गर्न, बाढीको कटानबाट खेतीयोग्य जमिन जोगाउन तत्काल तटबन्ध निर्माण कार्य अगाडि बढाउन पत्रमा माग गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्