भूमिहीनलाई जग्गा दिन सरकार गम्भीरतापूर्वक गृहकार्य गरिरहेको छः गृहमन्त्री खाँण काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले भूमिहीनलाई जग्गा दिन सरकारले गम्भीरतापूर्वक गृहकार्य गरिरहेको बताएका छन्। सरकारले खारेज गरेको भूमिसम्बन्धी आयोगमा रहेका प्रक्रियागत, कानुनी र प्राविधिक कमीकमजोरी हटाएर सबैलाई समेट्ने गरी आयोग गठन गरेर जग्गा प्रदान गर्ने गृहकार्य गरिरहेको उनले बताए। उनले भने, पहिलेको आयोगका कमीकमजोरीलाई परिमार्जक र परिष्कृत गरी हामी प्रक्रिया अघि बढाएर भूमिहीनलाई जग्गा दिन चाहन्छौँ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्