कक्षा १२ लगायतका परीक्षा रोक्न कांग्रेस प्रवक्ता शर्माको आग्रह काठमाडौं।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षाभन्दा स्वास्थ्य महत्त्वपूर्ण भएकाले राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षा स्थगित गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत् शर्माले परीक्षाका लागि स्वास्थ्य सुरक्षाको भरपर्दो व्यवस्था सुनिश्चित नभए रोक्नुपर्ने बताएका हुन्। उचित समाधानका लागि सम्बन्धित निकायसँग संवादको क्रममा रहेको पनि उनले जनाएका छन्। स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले पनि शुक्रवार कक्षा १२ लगायतका परीक्षा स्थगित गर्न सिफरिस गरेको जनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्