सुकुम्वासी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माओवादीको माग काठमाडौं। नेकपा माओवादी केन्द्रले सुकुम्वासी भूमिहीनको समस्या समाधान गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष अनुरोध गरेको छ। शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले संविधान तथा कानुनका आधारमा सुकुम्वासी, भूमिहीन, गरिब किसान र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्