महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक काठमाडौं। आसन्न महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्न नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। साउन २८ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनकाअनुसार बैठकमा १४ औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत हुनेछ। क्रियाशील सदस्यता विवाद नटुङ्गिँदा काँग्रेस महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्