बैठकमा सरकारमा सहभागिता बारे छलफल नै भएनः रघुजी पन्त काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी नहुने भएको छ। दुई दिनसम्म चलेको केन्द्रीय सदस्यहरूको बैठकमा सरकारमा सहभागिताबारे छलफल नै नभएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। उनले भने, ‘एकताकै विषयमा सबैको जोड रह्यो, असान्दर्भिक रहेकाले सरकारमा सहभागिताबारे छलफल नै भएन।’ आफूहरूको समूह सत्तापक्षमा नरहेको स्पष्ट पार्दै पन्तले सरकारलाई मुद्दाका आधारमा समर्थन र विरोध गर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्