कांग्रेस १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक, महाधिवेशन १६ भदौदेखि १९ सम्म काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही १२ साउनमा, गाउँ/नगरपालिका अधिवेशन १६ साउनमा, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउनमा तोकिएको थियो। त्यस्तै, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनमा, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनमा र प्रदेश अधिवेशन १ र २ भदौमा निर्धारण गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्