कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गते, महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने काठमाडौं। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २८ गते बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ः०० बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्