माधव पक्षको बैठक: संवादलाई निरन्तरता दिँदै एकता प्रक्रिया अझ परिष्कृत बनाउने निर्णय काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई नै एकताको आधार मान्दै प्रक्रिया अझ परिष्कृत बनाउने र संवादलाई निरन्तरता दिने निर्णय गरेको छ। दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठक आज ४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ। बैठकपछि बोल्दै नेता रघुजी पन्तले ‘पार्टीलाई एकताबद्ध बनाउन थप सजगतासाथ अगाडि बढ्नुपर्ने निर्णय भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्