सर्वोच्चद्वारा सरिता गिरीलाई सांसद पदबाट हटाएकोमा कारण देखाउ आदेश माग सरिता गिरीलाई प्रतिनिधिसभा सदस्य पदबाट मुक्त गरिएकोमा सर्वोच्च अदालतले कारण देखाउ आदेश मागेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले १५ दिनभित्र कारण देखाउन विपक्षीको नाममा आदेश जारी गरेको छ। एक वर्षअघि नेपालको नयाँ नक्साबारे आफूले दिएको विवादित अभिव्यक्तिका कारण गिरीलाई जनता समाजवादी पार्टीले सांसद पदबाट हटाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्