भदौमा महाधिवेशन सम्भव छैनः महामन्त्री डा. कोइराला काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन्। आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए। उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ।’काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरूको माग रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्