ओलीलाई माफी मागेर पार्टी एकतामा आउन अन्तिम मौका दिन्छौं: मेटमणि चौधरी काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षीय नेता मेटमणि चौधरीले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गल्तीप्रति क्षमा याचना गरे मात्र पार्टी एकता हुने बताएका छन्। आज केन्द्रीय समितिको बैठकपछि बोल्दै उनले ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको बताए। ओलीलाई एक साताभित्र सार्वजनिक रूपमा माफी मागेर एकताको लागि वातावरण बनाउन अन्तिम मौका दिइने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्