तत्कालै नयाँ दल खोल्ने तयारी र योजना बनिसकेको छैन: सोमप्रसाद पाण्डे काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षका नेता सोमप्रसाद पाण्डेले अहिलेसम्म नयाँ दल खोल्ने तयारी र योजना नबनेको बताएका छन्। माधव समूहको केन्द्रीय समिति बैठकपछि बोल्दै पाण्डेले पार्टी विभाजन गर्नुपरे ४० प्रतिशत सदस्य पुर्‍याएरै गरिने बताए । पाण्डेकाअनुसार अहिले विद्यमान कानुन हेर्दा तत्कालै सरकारमा सहभागी हुन कानुनी अड्चन रहेपनि वर्तनमान सरकारलाई नै सहमतिको चुनावी सरकार बनाएर जाने सम्भावना पनि रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्