ऊर्जा मन्त्री भुसाललाई पूर्व मन्त्री पुनको सुझावः जनता केन्द्रित कार्यक्रम अघि बढाउनु पर्छ काठमाडौं। पूर्व मन्त्री वर्षमान पुनले ऊर्जा मन्त्री पम्फा भुसाललाई आधारभूत जनतालाई केन्द्रित गरेर आवश्यकताअनुसार कार्यक्रम अघि बढाउन सुझाव दिएका छन्। मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले देशको आर्थिक विकासका लागि ऊर्जा र सिँचाइ क्षेत्रमा एकीकृत कार्यक्रमसहितको नीति बनाएर अघि बढ्न सुझाव दिएका हुन्। पुनले निःशुल्क बिजुली उपलब्ध गराउने र विद्युत् महसुल दर घटाउने भुसालको प्रस्ताव उपयुक्त भएकाले कार्यान्वयनमा लैजान सुझाव दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्