पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै छ।दिउँसो १२ बजे बस्ने बैठकमा आसन्न १४औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता विवाद, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने जनाइएकोछ।बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा समेत छलफल हुने जनाइएको छ। बैठकले सरकारमा सहभागी हुने मन्त्रीको पनि टुंगो लगाउने जनाइएको छ।पौडेल पक्षमा सम्मानजनक सहभागिता नभए सरकारमा सहभागी हुन नहुने आवाज पनि उठिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्