सत्तारुढ कार्यदलको बैठक आज पनि बस्दै काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयासमा जुटेको सत्तारुढ कार्यदलको बैठक आज पनि बस्दैछ। हिजो बिहान र बेलुकी दुई पटकसम्म बैठक बसेपनि अन्तिम टुंगो लगाउन नसकेपछि बैठक आज बिहान पनि बालुवाटारमा बस्न लागेको हो। कार्यदलको बैठकले मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधिलगायतका विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रमको खाकालाई अन्तिम रुप दिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्