विधान र मापदण्ड विपरीतका क्रियाशील सदस्यलाई स्वीकार नगर्ने पौडेल पक्षको निर्णय काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विधान र मापदण्ड विपरीतका क्रियाशील सदस्यलाई स्वीकार गर्न नसकिने जनाएको छ।नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार बसेको पौडेल पक्षको बैठकले विधान र मापदण्ड विपरीतका क्रियाशील सदस्यलाई स्वीकार नगर्ने निर्णय गरेको हो।बैठकले क्रियाशील सदस्यताको सबै नवीकरण वडा तथा क्षेत्रबाटै आउनुपर्नेमा जोड दिएको नेता अर्जुननरसिंह केसीले बताए। तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुनुपर्नेमा बैठकले जोड दिएकोछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्