वर्तमान सरकारले अघिल्लो सरकारले गरेका जनविरोधी कार्यलाई खारेज गर्नुपर्छ– झाँक्री काठमाडौं। एमालेकी नेतृ रामकुमारी झाँकीले अघिल्लो सरकारले गरेका जनविरोधी कार्यलाई खारेज गर्ने दायित्व वर्तमान सरकारले लिनुपर्ने बताएकी छन्।मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार्ने जिम्मा पनि लिनुपर्ने बताइन्। अघिल्लो सरकारको तुइन विस्थापित भएको घोषणालाई दार्चुला घटनाले हावा खुवाएको उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्