माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा सुरु भएको छ। बैठकमा एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल हुने बताइएको छ। एकता कार्यदले दश बुँदे सहमति जुटाए पनि एमालेको एकता कायम भएको छैन्। नेपाल समूहमा पार्टी एकता, सत्तारुढ गठबन्धन र सरकारमा सहभागितालगायतका विषयमा एकमत छैन। बैठकले यी विषयमा समान धारणा बनाउने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्