महन्थ ठाकुरको रिटमाथि आज सुनुवाई हुँदै काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सोमबार उक्त रिटको पेसी तोकिएको हो। रिटमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ। आयोगको निर्णयविरुद्ध यसअघि पनि रिट दायर गरेका ठाकुरको दुवै रिटलाई इजलासमा एकसाथ राखेर सुनुवाई हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्