केन्द्रीय विभागहरुलाई पूर्णता दिन एमाले स्थायी कमिटी बैठक बस्दै काठमाडौं। नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजे ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। तामाङका अनुसार आजको बैठकमा पनि केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन र सांगठनिक गतिविधिलगायतका विषय छलफलका हुनेछ। आजको बैठकले यसअघि माधव नेपाल समूहलाई बाहिर राखेर गठन गरिएका विभागलाई नै पूर्णता दिने तामाङले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्