माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै काठमाडौं।माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजपनि बस्दैछ।बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ।आज मन्त्री टुंगो लगाएर भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बताए।हिजोको स्थायी कमिटी बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले एमालेको माधव नेपाल समूहले सरकारमा जाने–नजाने निर्णय गर्न केही समय पर्खन भनेकाले ढिलाइ भएको र अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्