मन्त्रीको टुंगो अध्यक्ष प्रचण्डले होइन, भोलिको स्थायी कमिटी बैठकले निर्णय गर्छः प्रवक्ता श्रेष्ठ काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारमा पठाउने मन्त्री छनोटको अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नभएको बताएका छन्। आजको स्थायी कमिटी बैठकपछि बोल्दै श्रेष्ठले बैठकले मन्त्रीबारे अन्तिम निर्णय गर्ने अधिकार अहिलेसम्म अध्यक्ष प्रचण्डलाई नदिएको बताए। यसबारे निर्णय गर्न भोलि ३ बजे पुनः बैठक बस्नेछ। एमालेका माधव नेपाल पक्ष र जसपाको निर्णय कुर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्