अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालय तानिए काठमाडौं।देउवा सरकारले दुई सचिवको सरुवा गरेको छ। यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको हो।यस्तै अर्थसचिवमा मधुकुमार मरासिनी आएका छन्। उनी यसअघि महालेखा नियन्त्रक कार्यालयमा कार्यरत थिए। उनीहरुले पछिल्लो मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको बताइएको छ। ढुंगानाले आज सरुवा पत्र बुझेर प्रधानमन्त्री कार्यालय सरेका छन्।मरासिनीले अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एनयू) बाट अन्तर्राष्ट्रिय विकास अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्