‘मन्त्रालयको भागवण्डा मिल्नसाथ जसपा सरकारमा सहभागी हुन्छ’ काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता मोहम्मद इस्तियाक राईले सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालयको भागवण्डा मिल्नासाथ जसपा सरकारमा सहभागी हुने बताए। अहिलेसम्म सरकार सञ्चालन कार्यविधि नबनेको,मन्त्रीको आचारसंहिता नबनेको,न्यूनतम साझा कार्यक्रम नबनेको तथा मन्त्रालय भागवण्डा नटुंगीएको भन्दै यि विषय टुंगीनसाथ सरकारमा सहभागी हुने उनले बताए। जसपाले कतिजना मन्त्री पठाउने, कुन मन्त्रालयमा को पठाउने दलहरुबीच मन्त्रालय भागवण्डापछि मात्रै टुंगो लाग्ने नेता राईको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्