ओलीलाई अध्यक्ष राखिरहे एमाले धूलोपिठो हुन्छ– मेटमणि चौधरी काठमाडौं। नेकपा एमालेका नेता मेटमणि चौधरीले अध्यक्षमा केपी शर्मा ओली रहिरहे सिंगो एमाले धूलोपिठो हुने बताएका छन्। एमाले धूलोपिठो भएमा सिंगो कम्युनिष्ट आन्दोलन सकिने उनको भनाई थियो। देश, संविधान र कम्युनिष्ट आन्दोलनको खातिर ओली बिनाको एमाले निर्माणमा जुट्नुपर्ने भन्दै माधवकुमार नेपाल समूहमा रहेका चौधरीले सके ओलीलाई हटाएर एकता जोगाउने नसके४०प्रतिशत सदस्य पुर्याएर अर्को पार्टी बनाउने आफूहरुको स्पष्ट बटमलाइन रहेको बताए।
प्रतिक्रिया दिनुहोस्