चार कम्युनिस्ट पार्टीको संयुक्त विज्ञप्तिः दार्चुला घटना, भारतको नाङ्गो षड्यन्त्र र हस्तक्षेप काठमाडौं। चार कम्युनिस्ट पार्टी (नेकपा (विप्लव), नेकपा क्रान्तिकारी माओवादी, नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी)ले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै दार्चुलाको घट्नाप्रति आपत्ति जनाएका छन्। उनीहरुले उक्त घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथि भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र र हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका हुन्। विज्ञप्तिमा बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, परिवारलाई न्याय दिनका साथै दोषीलाई कारबाही गर्न माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्