सरकार अल्पमतमा रहेको जिकिर गर्दै लुम्बिनी प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र काठमाडौं। लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन्। शनिबार प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाउँदै विपक्षी दलले आफूहरुको पक्षमा प्रदेशसभामा हाल कायम रहेको८०सदस्यमध्ये४२जनाको समर्थन रहेको र सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको बताएका हुन्। उनीहरुले कानूनी मर्मअनुसार प्रक्रिया थाल्न प्रदेश प्रमुखललाई अनुरोध गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्