कांग्रेसका तीन नेताको निष्कर्षः संवैधानिक बाध्यतालाई ध्यानमा राखेर महाधिवेशन गर्नुपर्छ काठमाडौं। नेपाली कांग्रेसका तीन नेताले संवैधानिक बाध्यतालाई ध्यानमा राख्दै पार्टीको महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन्। नेता प्रकाशमान सिंहको निवासमा भएको बिमलेन्द्र निधि, डा. शशांक कोइराला र सिंहबीचको छलफलले यस्तो निष्कर्ष निकालेको हो। छलफलमा उनीहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले खोप ल्याउनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्