काँग्रेसका तीन नेता छलफलमा काठमाडौं। नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शंशाक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह छलफलमा जुटेका छन्। नेता त्रयबिच पछिल्लो राजनीतितक परिस्थिति र कांग्रेस महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ। छलफलका लागि उनीहरू सिंह निवास चाकसिबारिमा पुगेका छन्। यस अघि पनि काँग्रेस महाधिवेशनको विषयलाई लिएर उनीहरूले पटक पटक छलफल गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्