एमाले कार्यदल सदस्यको अनौपचारिक छलफल, पार्टीको आन्तरिक समस्या समाधान नभए थप क्षति ब्यहोर्नुपर्ने निष्कर्ष काठमाडौं। नेकपा एमालेका कार्यदल सदस्यको अनौपचारिक छलफलले कुनै पनि हातलमा एमालेको पार्टी एकता कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ। छलफलपछि नेता गोकर्ण विष्टले पार्टी एकताका सम्बन्धमा देखिएका कतिपय समस्याहरु थप प्रयत्नमार्फत समाधान खोज्नुपर्ने बताए। “पार्टी एकतालाई जोगाउनुपर्छ । छोटो अवधिमै नभए पार्टीलाई समस्या हुन्छ क्षति पुग्छ ।’ उनले भने ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्