लुम्बिनी प्रदेशका जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त काठमाडौं। लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका तीन मन्त्रीहरू सांसदबाट पदमुक्त भएका छन्। प्रदेश सभाले शुक्रबार सूचना जारी गर्दै सन्तोषकुमार पाण्डे, विजय बहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएको जनाएको हो। यसअघि पनि पदमुक्त भइसकेका उनीहरू अदालतको आदेशबाट पुनर्बहाली भएका थिए। पार्टीले सो मुद्दाको किनारा नलाग्दै पुनः कारबाही गरेको हो। पद पुनर्बहाली सम्बन्धी उनीहरूको मुद्दा अदालतमा विचाराधीन नै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्