ऊर्जा मन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ। चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सुल्झाउने तथा ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ (बिआरआइ)को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्