निर्वाचन आयोगको फैसला विरुद्ध महन्थ ठाकुरद्वारा सर्वोच्चमा रिट काठमाडौँ। जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत पुगेको छ। आयोगको फैसला बदर गर्न मागसहित ठाकुर पक्षले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्। यसअघि ठाकुरले नै साउन ८ गते हेड काउण्ट रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए। तर, अदालतले आदेश जारी नगर्दा पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहले पाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्