एमसीसी सम्झौता संसदमा पेश गर्न भीम रावलको माग काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन(एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै रावलले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम कसरी शुरु भयो भनी प्रश्न गरे। सम्झौतामा स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु रहेकाले जस्ताकात्यस्तै पारित गरिए राष्ट्रघात हुने उपाध्यक्ष रावलले दावी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्