एमालेले आज खीर खुवाउने काठमाडौं। नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ। साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दिउँसो २ बजेदेखि ३ बजेसम्म खीर खुवाउने कार्यक्रम राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनकाअनुसार नेपाली किसानको साउन १५मा खीर खाने चलनलाई निरन्तरता दिँदै एमालेले पनि कार्यक्रम आयोजना गरेको हो। त्यसका सबैलाई निम्तो पठाइएको तामाङले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्