मन्त्रिपरिषद् विस्तार अघि प्रचण्डको दौडधुप: अहिले माधव नेपालसँग छलफल गर्दै काठमाडौं। मन्त्रिपरिषद् विस्तारअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधुप निकै देखिएको छ। बुधवारको पार्टीको स्थायी कमिटको बैठक स्थगित गरेरै प्रचण्ड नेताहरूसँगको भेटघाटमा व्यस्त देखिएका छन्। हाल उनी एमालेका नेता माधवकुमार नेपालसँग भेटवार्तामा छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रालय बाँडफाँटको बारेमा छलफल गरे लगत्तै प्रचण्ड भेटवार्ताका लागि नेपाल निवास पुगेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्